Monday, July 2, 2007

केहि छुटपुट कुराहरू

हिजोको पोस्ट मा केहि कुराहरू छुट्न गएछन । मेरो बिहे चाही पहिलो जागीर गर्दै भएको हो, सारिका संग । पुल्चोक बाट सिविल इंजीनियरिंग गरेकी हुन । हाल चाही सोही college बाट ME गर्दैछिन । एउटा छोरो छ, आरम्भ, उ चाही UKG मा पढ़्दै छ, चेल्सी Academy मा । ससुराली सबै न्यूयॉर्क मा बस्छन । येहा चाही उनिहरुलाई भेट्न सकिन्छ । एउटी बहिनी र् ज्वाई अनी भांजी चाही लॉस वेगास मा छन । म चाही नेपालमै ख़ुशी छू । हजुरबुवा, हजुरमा, आमा र् बुवा येतै नेपालगन्ज मा होइसिन्छ ।
परिचयका क्रम मा छुटेका ईनै कुराहरू का साथ बिदा । अब भने केहि article लिएर आउनु पर्ला ।

No comments: