नमस्कार!!
ब्लोगहरुको ज़माना त शायद धेरै पुरानो भैसकेकोछ । म चाही नया परेछु । यसलाई मेरो यौटा नौलो प्रयोग ठांनुस वा रहर । मेरो चाहना चाही यो ब्लोग हेरेर तंपाईहरुको feedback लिनु हो । शुरुवात चाही परिचय बाट नै गरौ होला । मेरो पूरा नाम मीरेश अधिकारी हो । २०३२ साल फाल्गुन महिना को १२ गते मंगलवारको दिन बर्दियाको राजापुर टप्पू भीत्र पर्ने मनाऊ गाविसको मनाऊ गाउँमा भएको हो । काठमांडूमा बसोबास चाही बानेश्वोर मा छ । २०४९ सालमा सिद्धार्थ वनस्थली बाट SLC अनि त्यहीबाट I.Sc. सिध्यायेर भारतको पुनेबाट B. Com (1999) र MBA (2001) सिध्यायेर नेपाल फर्के ।
पढ़ाई सिद्धिने बित्तिकै सिनामंगल काठमांडू कै Brookfield Academy मा coordinator & administrator with faculty of BOOM (class 12) को रुपमा जागीर खाइयों । दोश्रो जागीर चाही Gorkha Brewery (P) Ltd. मा Sr. Officer भएर खाइयो । तेश्रो जागीर ANS Creation (P) Ltd. मा मार्केटिंग मेनेजर भएर खाइयो । हाल चाही म चौधरी ग्रुप मा मार्केटिंग मेनेजर छू, noodles section मा । यसको साथसाथै हाल म Campion College मा MA (Sociology) पनि गर्दैछु ।
चौधरी ग्रुपको जागीर को सिल्सिलामा म नेपालको ५४ वटा जिल्लाहरू घुमिसकेको छू ।
यो त भयो मेरो परिचय । मेरो ब्लोग हेर्नुहुने सबैले कृपया कमेंट लेख्न नबिर्सिनुहोला है ।
आजलाई यत्ती नै ।
1 comment:
hey Miresh brother, read ur stuff, ramro lagyo!!!
Ramro in the sense ki through ur article i got to know that there is some person named Miresh living in the same city and the same colony where i live. i did not know u till date, but now as i have seen ur pic now n know bout u, if i meet u in due course, i will definitely shout Miresh !!! coz now i hav a lot to talk you bout as i am also an ex-employee of ANS Creation.
By the way, do u still look like the pic u have posted coz for ur age and position doesn't that outlook looks a bit junky, hey thats my view hai, dun take it otherwise, i might be wrong also.
Anyway brother, keep it up, will meet u someday !!!
Post a Comment