होइन । तर बिगतका केही कृयाकलापहरु ले यो confusion create गरेको छ । २५० बर्ष लामो ईतिहास रहेको नेपाली राजतन्त्रलाई समयको माग वा जनताको आवाज भन्दै संविधान सभाको चुनाव सम्मको लागि निलम्बन गर्नु त ठिकै हो । तर पूर्ण प्रजातन्त्रको नाममा प्रधानमन्त्रिले नै राजाका सांस्कृतिक कार्यहरुमा राष्ट्रध्यक्ष को रूपमा आफ्नो उपस्थिती जनाउनु कत्तिको ठीक हो त? यो बिवादले नराम्रो रूप नलेला भन्न सकिन्न ।
केही समय अघी प्रधानमन्त्रिले जिवित देवी कुमारीको हातबाट टिका थाप्दा कुमारी घर बाहिर "बाहुन राजा चाहिदैन" भन्ने नारा लगाउने असन्तुष्टहरुको जमात सही थिएन भनेर भन्न मिल्छ त?
अनी फेरी राजा टिका थाप्न कुमारी घर जाँदा "बाहुन तन्त्र मुर्दाबाद" भनी नारा लगाउने जमात के राजावादिहरु नै हुन् त?
पहिलो कुरा चाँही प्रधानमन्त्री ले राष्ट्राध्यक्ष को रूपमा टिका लगाएपछी मात्रा राजा त्यहा गएका थिए। अर्थात राष्ट्रध्यक्ष को रूपमा प्रधान मन्त्रिलाई राजाले पर्याप्त सम्मान गरेकै हुन्।
दोश्रो कुरा, आफ्ना बाजे बराजुदेखी चलिआएको चलनलाई के यौटा ब्यक्ती को रूपमा राजाले औपचारिक निरन्तरता दिन समेत नपाउनु? के प्रजातन्त्र यही हो?
हरेक जात जातिका आफ्ना आफ्नै सान्स्कृतिक रितिरिवाजहरु हुन्छन्। त्यस्तै जिवित कुमारी को पूजा नेवार जातिहरुको आफ्नै पहिचान हो र यस्लाई सम्मान गरिनु पर्छ । यदी उनिहरुको प्रचलनमा राजाले कुमारीको हातबाट टिका थाप्नुपर्ने हो भने या त तेसै हुनु पर्यो होइन भने गिरिजालाई राज्यभिषेक गरिदिनुपर्यो जो शायद सम्भव छैन। भन्नुको तात्पर्य कुमारीको हातबाट टिका राजाले नै थाप्नुपर्ने हुन्छ।
अब अलिकती टाढाको कुरा गरौं। भविष्यको। भोलिका दिनमा नेपालको राष्ट्रपती कुनै मुसलमान पनि हुनसक्छ। के त्यो मुसलमान राष्ट्रपतिले कुमारीको हातबाट टिका थप्छ? अथवा के उस्ले बसन्तपुरमा गएर फुलपाती ग्रहण गर्छ? या बसन्त श्रवण गर्छ? र गर्यो भने पनि के त्यो हामि सबैलाइ मान्य हुन सक्छ? यस्ता धेरै कुराहरुको उत्तर हाम्रा नेताहरुले दिन बाँकी नै छ।
तर जे जस्तो उत्तर आएपनी परम्परादेखी चलिआएका चलनहरु परिवर्तन गर्नु सम्भव हुँदैन।
Friday, October 5, 2007
के गिरिजा प्रसाद कोइराला राजा हो?
Posted by
Miresh Adhikari
at
1:35 PM
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment